आज तराईमा तुँवालोः उच्च पहाडी तथा हिमाली क्षेत्रमा सामान्य बादल


शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

माघ २७, मंगलबार
पोखरा – आज तराईसहित उपत्यका क्षेत्रमा तुँवालो लागेको छ । तत्काल पानी पर्ने सम्भावना नरहेकाले तराई भाग र काठमाण्डौसहित उपत्यका क्षेत्रमा वायु प्रदूषण बढ्न सक्ने अनुमान छ । वायु प्रदूषणबाट जोगिन आवश्यक सावधानी अपनाउन महाशाखाले सबैलाई आग्रह गरेको छ । आज सुदूरपश्चिम र कर्णाली प्रदेशलगायत देशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा सामान्य बादल लागेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

अहिले नेपालमा पश्चिमी कमजोर वायुको प्रभाव रहेको छ । महाशाखाकाका अनुसार आज दिउँसो तराई भागका केही ठाउँमा कुहिरो लाग्नेछ ।
कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी र हिमाली भागका एकरदुई ठाउँमा हल्का वर्षा र हिमपातको पनि सम्भावना छ । आज बिहान पौने ६ बजे काठमाण्डौमा न्यूनतम तापक्रम ७।५ डिग्री सेल्सियस मापन भएको छ ।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई pokharanewsnetwork@gmail.com मा पठाउनु होला । धन्यवाद ।