आज र भोलि हावाहुरी र असिनासहित वर्षाको सम्भावना


शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

चैत १६,  मंगलबार 
पोखरा ः  आज र भोलि केही ठाउँमा हावाहुरी, मेघगर्जन र चट्याङसहित वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । केही ठाउँमा रातिदेखि नै हल्का पानी परिरहेको छ । दिउँसोपख कोशी प्रदेश लगायत देशका पहाडी र हिमाली भूभागका केही ठाउँहरु तथा बाँकी भूभागका थोरै ठाउँमा मेघगर्जन, चट्याङ्ग, हावाहुरी र असिनासहित मध्यम वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ । 
यस्तै भोलि कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी र हिमाली भूभाग तथा लुम्बिनी प्रदेशको हिमाली भूभागका एकरदुई ठाउँमा मेघगर्जन र चट्याङ्गसहित मध्यम वर्षा र हिमपातको सम्भावना रहेको छ ।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई pokharanewsnetwork@gmail.com मा पठाउनु होला । धन्यवाद ।