आज प्रणय दिवसः साढे चार लाख गुलाफ फूलको कारोबार


शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

फागुन २, शनिबार
पोखरा – आज फेब्रुअरी १४ तारिख । भ्यालेन्टाइन डे अर्थात् प्रणय दिवस । युवापुस्ताले यो दिवसलाई प्रेम सम्बन्ध प्रगाढ बनाउने अवसरका रूपमा लिने गरेका छन् । पश्चिमी देशहरुमा मनाउने गरिएको प्रणय दिवसलाई पछिल्ला केही वर्ष यता नेपालमा पनि मनाउने गरिएको छ । आधुनिक प्रविधिको पहुँच बढेसँगै अहिले शहरबजारमा मात्रै नभएर गाउँघरमा पनि प्रणय दिवसको चर्चा हुन थालेको छ ।
आजको दिन रातो गुलाफ र विभिन्न उपहार आदानप्रदान गरिने भएकाले ती बस्तुको कारोबार उच्च हुन्छ । भ्यालेन्टाइन डे को शुरूआत सन् २६९ मा इटालीको रोमनबाट प्रारम्भ भएको मानिन्छ । प्रेमका लागि भ्यालेन्टाइनको बलिदानको सम्मानमा भ्यालेन्टाइन डे का रूपमा मनाउन थालिएको हो ।
सप्ताहभर मनाउने यो दिवसको अवसरमा नेपालमा झन्डै साढे चार लाख स्टिक गुलाफ फूलको कारोबार हुने व्यवसायीको अनुमान छ । फ्लोरिकल्चर एसोसिएसन नेपाल फ्यानका अनुसार मागको ३० प्रतिशत मात्रै स्वदेशी उत्पादन छ । अरु ७० प्रतिशत आयातमा निर्भर छ । अपुग गुलाफ भारतबाट आयात हुने गरेको फ्यानमा अध्यक्ष राजेन्द्रभक्त श्रेष्ठले बताउनुभयो ।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई pokharanewsnetwork@gmail.com मा पठाउनु होला । धन्यवाद ।