आज पनि मौसम बदलीः केही ठाउँमा हल्का वर्षा र हिमपातको सम्भावना


शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

चैत १५, आइतबार 
पोखराः  आज पनि देशका धेरै ठाउँमा मौसम बदली छ । नेपालमा पश्चिमी न्यून चापीय प्रणालीका साथै स्थानीय वायुको प्रभाव रहेको छ । अहिले देशभर बादल लागेको छ ।  कोशी र बागमती प्रदेशका केही ठाउँमा मेघगर्जन र चट्याङसहित पानी परिरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज दिउँसो देशका पहाडी र हिमाली भागमा साधारणतया बादल लाग्नेछ भने बाँकी भागमा आंशिक बादल लाग्नेछ । देशका उच्च पहाडी र हिमाली भागका केही ठाउँमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा र हिमपातको सम्भावना छ । 
त्यसैगरी, आज राति कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशको पहाडी र हिमाली भाग तथा अन्य प्रदेशका हिमाली भागमा साधारणतया बादल लाग्नेछ । देशका पहाडी र हिमाली भागका केही ठाउँमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा र हिमपातको सम्भावना रहेकाले आवश्यक सर्तकता अपनाउन महाशाखाले अनुरोध गरेको छ । गएराति र हिजो पनि काठमाण्डौ उपत्यकासहित देशका धेरैजसो ठाउँमा पानी परेको थियो । 

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई pokharanewsnetwork@gmail.com मा पठाउनु होला । धन्यवाद ।