आज पनि केही ठाउँमा हावाहुरी र मेघगर्जनसहित पानी पर्ने सम्भावना


शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

चैत २२, आइतबार 
पोखरा । 
आज पनि पहाडी तथा हिमाली केही ठाउँ तथा तराईका थोरै ठाउँमा हावाहुरी र मेघगर्जनसहित पानी पर्ने सम्भावना छ । 
मौसम पूर्वानुमान महाशाखाका अनुसार पहाडी र हिमाली भागमा मेघगर्जन चट्याङ्ग, असिना र हावाहुरीसहित मध्यम वर्षा र हिमपात तथा लुम्बिनी र सुदुरपश्चिम प्रदेशको तराई भागका थोरै ठाउँमा तथा बाँकी तराईका एकरदुई ठाउँमा मेघगर्जनरचट्याङ्गसहित हल्का वर्षाको सम्भावना छ । 
मधेश र कोशी, बागमती र गण्डकी प्रदेशका तराई भागका केही ठाउँमा हावाहुरी चल्ने अनुमान छ । हिजो बेलुका कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एकरदुई ठाउँमा मेघगर्जनरचट्याङ्ग्सहित हल्का वर्षा भएको महाशाखाले जनाएको छ ।
 

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई pokharanewsnetwork@gmail.com मा पठाउनु होला । धन्यवाद ।