आज कोशी र गण्डकी प्रदेशको हिमाली भेगमा एक दुई ठाउँमा हल्का वर्षा र हिमपातको सम्भावना

तराइका केही ठाउँमा बिहान हुस्सु

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

 

माघ २४, 
पोखरा – आज कोशी र गण्डकी प्रदेशको हिमाली क्षेत्रका एकरदुई ठाउँमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ । देशका हिमाली तथा उच्च पहाडी क्षेत्रमा आज आंशिक बादल लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । तराइका केही ठाउँमा बिहान हुस्सु लागेको छ । महाशाखाका अनुसार आज दिउँसो तराइका केही ठाउँमा हुस्सुरकुहिरो कायमै रहनेछ । कोशी र गण्डकी प्रदेशको हिमाली भागमा साधारणतया बादल लाग्नेछ, बाँकी भागमा आंशिक बादल लाग्नेछ ।

आज राति कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी र हिमाली भागमा आंशिक बादल लाग्नेछ र बाँकी ठाउँमा मौसम मुख्यतया सफा रहने अनुमान छ । आज बिहान पौने ६ बजे काठमाण्डौ उपत्यकाको न्यूनतम तापक्रम ७।४ डिग्री सेल्सियस मापन भएको छ ।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई pokharanewsnetwork@gmail.com मा पठाउनु होला । धन्यवाद ।