आज कोशी, गण्डकी र कर्णाली प्रदेशका थोरै ठाउँमा हल्का पानी पर्ने सम्भावना


शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

चैत १०,  मंगलबार 
पोखरा– आज कोशी, गण्डकी र कर्णालीको थोरै ठाउँमा हल्का पानी पर्ने सम्भावना छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसोपछि कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी एकरदुई ठाउँमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा उच्च क्षेत्रमा हिमपातको सम्भावना छ । 
अहिले पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । यसको प्रभावले कोशी, मधेश र लुम्बिनी प्रदेशलगायत देशका पहाडी र हिमाली भागमा साधारणतया बादल लागेको छ । काठमाण्डौमा आज बिहानैदेखि घाम लागेको छ । 
दिउँसोपछि काठमाण्डौ उपत्यकामा पनि मेघगर्जन र चट्याङसहित छिटपुट पानी पर्न सक्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् । 
महाशाखाका अनुसार आज दिउँसो कोशी प्रदेशलगायत देशका पहाडी र हिमाली क्षेत्रमा साधारणतया बादल लाग्नेछ र तराई भागमा आंशिक बादल लाग्नेछ ।
   

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई pokharanewsnetwork@gmail.com मा पठाउनु होला । धन्यवाद ।