आईसीसी टी २० विश्वकपः नेपाली क्रिकेट टोलीलाई ३ करोड ७७ लाख पुरस्कार


शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

फागुन २८, विहिवार 
पोखरा ।  
अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल ९आईसीसी० ले भारत र श्रीलङ्कामा हालै सम्पन्न आईसीसीटी २० विश्वकप क्रिकेटको समूह चरणबाट बाहिरिएको नेपाललाई करिब ३ करोड ७७ लाख ५७ हजार रुपैयाँ पुरस्कार दिएको छ ।
आईसीसीले बुधबार विश्वकपमा सहभागी खेलाडीलाई प्रदान गर्ने पुरस्कार स्वरुप नेपाललाई उक्त रकम प्रदान गरेको घोषणा गरेको हो । नेपालसँगै इटाली, यूएई र नेदरल्यान्डले पनि समान रकम प्राप्त गरेका छन् । आईसीसीले कूल एक करोड १२ लाख ५० हजार अमेरिकी डलर पुरस्कार रकममध्ये विश्वकप विजेता भारतले २६ लाख ३९ हजार ४ सय २३ अमेरिकी डलर प्राप्त गरेको हो । त्यस्तै, उपविजेता न्युजिल्यान्डले १४ लाख २२ हजार ६ सय २ र तेस्रो भएको दक्षिण अफ्रिकाले १० लाख पाँच हजार ५ सय ७७ अमेरिकी डलर प्राप्त गरेका छन् । सेमिफाइनलमा पुगेको इङ्गल्यान्डले ९ लाख ७४ हजार ४ सय २३ अमेरिकी डलर प्राप्त गरेको हो ।

त्यस्तै, सुपर आठमा पुगेको वेस्ट इन्डिजले पाँच लाख ३८ हजार २ सय ६९, पाकिस्तानले पाँच लाख २२ हजार ६ सय ९२, जिम्बावेले चार लाख ९१ हजार ५ सय ३८ र श्रीलङ्काले चार लाख ७५ हजार ९ सय ६२ अमेरिकी डलर प्राप्त गरेका छन् । समूह चरणबाट बाहिरिएको अफगानिस्तान, अष्ट्रेलिया र अमेरिकाले समान तीन लाख ९ हजार ८ सय ८ अमेरिकी डलर प्राप्त गरेका हुन्। त्यस्तै, स्कटल्यान्डले दुई लाख ७८ हजार ६ सय ५४ र आयरल्यान्डले दुई लाख ७१ हजार ७ सय ३१ अमेरिकी डलर प्राप्त गरेका छन् ।

क्यानाडा, नामिबिया र ओमानले भने समान दुई लाख २५ हजार अमेरिकी डलर प्राप्त गरेका हुन् । २० टोली सहभागी विश्वकपको फाइनलमा भारतले न्युजिल्यान्डलाई ९६ रनले पराजित गर्दै लगातार दोस्रो पटक उपाधि जितेको थियो ।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई pokharanewsnetwork@gmail.com मा पठाउनु होला । धन्यवाद ।