आईपीएलमा राजस्थानले चेन्नईलाई ८ विकेटले हरायो


शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

चैत १७, मंगलबार 
पोखराः  इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा राजस्थान रोयल्सले चेन्नई सुपर किङ्सलाई  हराएको छ । गएराति भएको खेलमा राजस्थानले चेन्नईलाई ८ विकेटले हराएको हो । चेन्नईले दिएको १२८ रनको सामान्य लक्ष्य पछ्याएको राजस्थानले १२ ओभर १ बलमा २ विकेट गुमाएर भेटायो । वैभव सूर्यवंशीले ५२ र यशस्वी जयसवालले अविजित ३८ रन बनाए । 
चेन्नईका अंशुल कम्बोजले २ विकेट लिए । त्यसअघि गुवाहाटीमा टस हारेर ब्याटिङ गरेको चेन्नई १९ ओभर ४ बलमा १२७ रनमा अलआट भयो । चेन्नईका जेमी ओभरटनले सबैभन्दा धेरै ४३ रन बनाए । राजस्थानका जोफ्रा आर्चर, नान्द्रे बर्गर र रविन्द्र जडेजाले समान २ विकेट लिए । शनिबारदेखि शुरू भएको १९औँ संस्करणको प्रतियोगितामा १० वटा टोली सहभागी छन् ।
  

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई pokharanewsnetwork@gmail.com मा पठाउनु होला । धन्यवाद ।