आईपीएलको खेल तालिका सार्वजनिक


शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

चैत १३, शुक्रबार 
पोखरा । इन्डियन प्रिमियर लिग ९आईपीएल० सन २०२६ को खेल तालिका सार्वजनिक भएको छ । भारतीय क्रिकेट कन्ट्रोल बोर्ड ९बीसीसीआई० ले हिजो यस सिजनको लिग चरणअन्तर्गत सबै खेलहरूको तालिका सार्वजनिक गरेको हो । 
उद्घाटन खेल भोलि मार्च २८ मा रोयल च्यालेन्जर्स बेङ्गलुरु र सनराइजर्स हैदराबादबीच बेङ्गलुरुमा हुनेछ । दोस्रो चरणअन्तर्गत ५० वटा खेलहरू भारतका १२ विभिन्न शहरमा आउँदो अप्रिल १३ ९चैत २९० देखि मे २४ ९जेठ १०० सम्म आयोजना हुनेछन् । 
यसअघि प्रारम्भिक २० खेलको तालिका मात्र सार्वजनिक गरिएकोमा बीसीसीआईले अब लिग चरणका बाँकी ५० खेलको तालिका पनि सार्वजनिक गरेको हो । प्रारम्भिक चरणमा २० खेलहरू विभिन्न १० वटा मैदानमा खेलाइनेछन् । त्यसपछि अप्रिल १३ देखि मे २४ सम्म ५० खेलहरू आयोजना गरिनेछन् । यी खेलहरू भारतका १२ विभिन्न शहरमा हुनेछन् जसमा बेङ्गलुरु, मुम्बई, चेन्नई, कोलकाता, दिल्ली, अहमदाबाद, हैदराबाद, लखनउ, जयपुर, धर्मशाला, रायपुर र नयाँ चण्डीगढ समावेश छन् ।  दिउँसो हुने खेलहरु नेपाली समयअनुसार दिउँसो पौने ४ बजे र बेलुकीका खेल नेपाली समयअनुसार बेलुकी पौने ८ बजे शुरू हुनेछन् । 

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई pokharanewsnetwork@gmail.com मा पठाउनु होला । धन्यवाद ।