आईपीएल क्रिकेटमा पञ्जाब किङ्सको विजयी शुरुवात


शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

चैत १८, बुधबार 
पोखरा । इन्डियन प्रिमियर लिग ९आईपीएल० क्रिकेटमा पञ्जाब किङ्सले विजयी शुरुवात गरेको छ । न्यु चन्डीगढमा हिजो भएको खेलमा पञ्जाबले गुजरात टाइटन्सलाई ३ विकेटले हरायो । गुजरातले २० ओभरमा ६ विकेट गुमाउँदै १६२ बनाएको थियो । जितका लागि १६३ रनको लक्ष्य पछ्याएको पञ्जाबले १९ ओभर १ बलमा ७ विकेट गुमाउँदै भेट्टायो । उसका कूपर कोनोलीले डेब्यूमै उत्कृष्ट प्रदर्शन गरे । उनले अविजित ७२ रन बनाए । 
गुजरातले सन् २०२२ मा एक पटक उपाधि जितेको छ भने पञ्जाब अहिलेसम्म उपाधिविहीन छ । अघिल्लो संस्करणमा पञ्जाब उपविजेता बनेको थियो । आईपीएल क्रिकेटमा आज लखनउ सुपर जायन्ट र दिल्ली क्यापिटल्सले खेल्दैछन् । यो खेल नेपाली समयअनुसार बेलुका पौने ८ बजे लखनउमा हुनेछ ।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई pokharanewsnetwork@gmail.com मा पठाउनु होला । धन्यवाद ।