आईपीएल क्रिकेटमा दिल्लीले लखनउलाई ६ विकेटले हरायो


शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

चैत १९, बिहीबार 
पोखरा– इन्डियन प्रिमियर लिग ९आईपीएल० क्रिकेटमा दिल्ली क्यापिटल्सले लखनउ सुपर जायन्टसलाई हराएको छ । गएराति भएको खेलमा दिल्लीले लखनउलाई ६ विकेटले हराएको हो ।लखनउले दिएको १४२ रनको लक्ष्य पछ्याएको दिल्लीले १७ ओभर १ बलमा ४ विकेट गुमाएर भेट्टायो । दिल्लीका समीर रिजवीले अविजित ७० रन बनाए । लखनउका प्रिन्स यादवले २ विकेट लिए । 
यसअघि लखनउमा टस हारेर ब्याटिङ गरेको घरेलु टोली १८ ओभर ४ बलमा १ सय ४१ रनमा अलआउट भयो । लखनउका अब्दुल समदले ३५ रन बनाए । दिल्लीका लुंगी न्गिडी र थांगारासु नटराजनले समान ३ विकेट लिए । 
आईपीएल क्रिकेटमा आज कोलकाता नाईट राइडर्स र सनराईज हैदरावादले खेल्दैछन् । यो खेल नेपाली समयअनुसार बेलुका पौने ८ बजे कोलकातामा हुनेछ ।
 

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई pokharanewsnetwork@gmail.com मा पठाउनु होला । धन्यवाद ।