आईपीएल क्रिकेटमा आरसीबीको विजयी शुरुवात स् हैदरावाद ६ विकेटले पराजित


शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

चैत १५, आइतबार 
पोखराः  हिजोदेखि शुरु भएको १९औँ संस्करणको इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा साविक विजेता रोयल च्यालेन्जर्स बेङ्गलुरु आरसीबीले विजयी शुरुवात गरेको छ । 

घरेलु मैदान चेन्नास्वामी स्टेडियममा आरसीबीले सनराइजर्स हैदराबादलाई ६ विकेटले हरायो । हैदराबादले दिएको २०१ रनको लक्ष्य आरसीबीले १५ ओभर ४ बलमा ४ विकेट गुमाएर भेट्टायो । 
आरसीबीका लागि विराट कोहलीले ६९ रन बनाए भने देवदत्त पडिक्कलले ६१ रन जोडे । त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको हैदराबादले २० ओभरमा ९ विकेट गुमाउँदै २०१ रन बनाएको थियो । हैदराबादका कप्तान इशान किशनले ३८ बलमा सर्वाधिक ८० रन बनाए भने अनिकेत वर्माले २१ बलमा ४३ रन जोडे । आरसीबीका ज्याकब डफी र रोमारियो शेफर्डले समान ३ विकेट लिए । 
आईपीएल क्रिकेटमा आज मुम्बई इन्डियन्स र कोलकाता नाइट राइडर्सबीच खेल हुनेछ । यो खेल मुम्बईको वानखेडे स्टेडियममा नेपाली समयअनुसार बेलुका पौने ८ बजे शुरु हुनेछ ।
 

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई pokharanewsnetwork@gmail.com मा पठाउनु होला । धन्यवाद ।