आहारारा पोखरा गोल्डकप २५ औं संस्करणको तयारी अन्तिम चरणमा

आयोजक गरी आठ स्वदेशी र ३ विदेशी क्लबले प्रतिष्पर्धा गर्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

माघ २६, पोखरा । 
मोफसलको प्रतिष्ठित नकआउट फुटबल प्रतियोगिता आहारारा पोखरा गोल्डकप २५ औं संस्करणको तयारी अन्तिम चरणमा पुगेको छ । 
२७ माघबाट शुरु हुने २५औँ संस्करणमा ३ विदेशीसहित १२ टोलीले प्रतिष्पर्धा गर्ने आयोजक क्लवका अध्यक्ष केशवबहादुर थापाले आईतवार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिनुभएको छ । गोल्डकपमा ‘ए’ डिभिजन, विभागीय र आयोजक गरी आठ स्वदेशी र ३ विदेशी क्लबले प्रतिष्पर्धा गर्नेछन् । 
स्वदेशी टिमहरु नेपाल एपिएफ. क्लव, नेपाल पुलिस क्लव, मछिन्द्र फुटबल क्लव, चर्च व्वाईज युनाईटेड, मनाङ मस्र्याङदी क्लव, जाउलाखेल युवा क्लव, प्लानिङ व्वाईज युनाईटेड र फ्रेण्ड्स क्लव र आयोजक सहारा क्लव पोखरा रहेका छन् । विदेशी टिमहरु आभा फुटबल क्लव उज्वेकिस्तान, थण्डरबोल्ट नर्थ युनाईटेड सिक्किम भारत, गोर्खा ईन्टरनेशनल फुटबल क्लव हङकङ रहेका छन् । 
प्रतियोगिताको सिल्भर जुब्लीको अवसरमा २५ औं संस्करण फ्लडलाइटमा खेलाइने आहारारा पोखरा गोल्डकपको आयोजक सहारा क्लव, पोखराले जनाएको छ । 
क्लवले पत्रकार सम्मेलनमा खेल तालिका सार्वजनिक गरेको छ । प्रतियोगितामा प्रथम हुने टिमले १४ लाख ११ हजार, द्वितीय पुरस्कार ७ लाख १ हजार शिल्ड, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । 
यस्तै अनुशासित टिम  २५ हजार, सर्वोत्कृष्ट खेलाडी पुरस्कार टेलजि इलेक्ट्रिक स्कुटर, उत्कृष्ट गोलकिपर २५ हजार,     उत्कृष्ट डिफेन्स २५ हजार, उत्कृष्ट मिडफिल्ड २५ हजार, उत्कृष्ट स्टाईकर  २५ हजार, ट्रफी र प्रमाण पत्र प्राप्त गर्नेछन् ।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई pokharanewsnetwork@gmail.com मा पठाउनु होला । धन्यवाद ।