आहा रारा  पोखरा गोल्डकपः जावलाखेललाई हराउँदै आयोजक सहाराले जित्यो उपाधि


शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

फागुन ९,  शनिबार 
पोखरा – जावलाखेल युथ क्लबलाई हराउँदै आयोजक सहारा क्लबले आहा रारा  पोखरा गोल्डकपको उपाधि जितेको छ । पोखरा रङ्गशालामा आज भएको फाइनलमा सहाराले जावलाखेललाई २–० गोलले हरायो । सहाराका मुकुन्दकुमार निउरे र ते डिनियल बडारुले गोल गरे । योसँगै विजेता बनेको सहाराले १४ लाख र उपविजेता बनेको जावलाखेलले ७ लाख रुपैयाँ पुरस्कार प्राप्त गरेको छ । सहाराले १२ वर्षपछि पोखरा गोल्डकपको उपाधि जितेको हो । यसअघि २०७० सालको १२औँ संस्करणको फाइनलमा सहाराले मनाङलाई हराएको थियो । सहाराले पहिलो सेमिफाइनलमा मनाङ मस्र्याङ्दी क्लबलाई हराउँदै फाइनलमा पुगेको थियो । जावलाखेलले दोस्रो सेमिफाइनलमा उज्वेकिस्तानको आभा एफसीलाई हराउँदै उपाधि नजिकै पुगेको थियो ।

२५औँ संस्करणको पोखरा गोल्डकपमा १२ वटा टोली सहभागी थिए ।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई pokharanewsnetwork@gmail.com मा पठाउनु होला । धन्यवाद ।