६ वर्ष कैद र २२ करोड रुपैयाँभन्दा धेरै जरिवाना तोकिएका फरार प्रतिवादी पक्राउ


शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

 चैत २,  सोमबार 
पोखरा– नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले ६ वर्ष कैद र २२ करोड रुपैयाँभन्दा धेरै जरिवाना तोकिएका फरार प्रतिवादीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाण्डौ महानगरपालिका–२४ वटु घर भई काठमाण्डौको नागर्जुन नगरपालिका–५ सीतापाइला बस्ने ६९ वर्षीय योगेन्द्रप्रसाद श्रेष्ठ रहेका छन् । नेपाल शेयर मार्केट्स एन्ड फाइनान्स लिमिटेडका तत्कालीन कार्यकारी अध्यक्ष रहेका श्रेष्ठमाथि सर्वोच्च अदालतले २०८१ सालको भदौ ५ गते बैंकिङ कसूर मुद्दामा सजाय र जरिवाना तोकेको थियो । श्रेष्ठलाई सीतापाइलाबाट पक्राउ गरी फैसला कार्यान्वयनका लागि काठमाण्डौ जिल्ला अदालतमा पठाइएको सीआईबीका प्रवक्ता एवम् प्रहरी वरिष्ठ उपरीक्षक शिवकुमार श्रेष्ठले बताउनुभयो ।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई pokharanewsnetwork@gmail.com मा पठाउनु होला । धन्यवाद ।