४ लाख समानुपातिक मत गन्दा रास्वपालाई ५३ प्रतिशत


शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

फागुन २३, शनिबार 
पोखरा– प्रतिनिधिसभा सदस्य चुनावअन्तर्गत समानुपातिक प्रणालीतर्फको मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले फराकिलो अग्रतालाई निरन्तरता दिएको छ । अहिलेसम्म ४ लाख १ हजार ५३ मतगणना हुँदा रास्वपाले ५३ दशमलव ७४ प्रतिशतभन्दा धेरै अर्थात् २ लाख १५ हजार ५६१ मत पाएको छ ।
यस्तै दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले ६६ हजार १५०, तेस्रो स्थानमा रहेको नेकपा एमालले ५१ हजार ४२३ मत पाएका छन् ।
यस्तै नेपाली कम्युनिस्ट पार्टी नेकपाले २१ हजार ६५९, राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले १६ हजार ९२७ मत पाएका छन् । प्रतिनिधिसभा सदस्य चुनावअन्तर्गत प्रत्यक्षा प्रणालीतर्फको मतगणनामा पनि रास्वपाले फराकिलो अग्रता बनाइरहेको छ ।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई pokharanewsnetwork@gmail.com मा पठाउनु होला । धन्यवाद ।