४ क्षेत्रको मतगणना हुन बाँकी


शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

फागुन २३,  शनिबार 
पोखरा– १ सय ६५ निर्वाचन क्षेत्रमध्ये ४ वटा क्षेत्रको मत गणना हुन बाँकी रहेको छ । निर्वाचन आयोगका अनुसार सङ्खुवासभा, गोरखा १, मुगु र डोल्पाको मतपेटीका सङ्कलन हुन बाँकी रहेकोले मतगणना हुन बाँकी छ । गोरखाको १४ नम्बर मतदान केन्द्र र संखुवासभाको १ मतदान केन्द्रको मतगणना हुन बाँकी रहको आयोगले जनाएको छ । यसैबीच गोरखा क्षेत्र नम्बर १ अन्तर्गत उत्तरी गोरखाको चुमनुब्री गाउँपालिकाका सबै मतपेटिका आज सदरमुकाम ल्याइएको छ ।

बिहान नेपाली सेनाको हेलिकप्टरमार्फत बाँकी १४ वटा मतदान केन्द्रको मतपेटिका पनि सदरमुकाम ल्याई पु¥याइएको गोरखाका सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले जानकारी दिनुभयो ।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई pokharanewsnetwork@gmail.com मा पठाउनु होला । धन्यवाद ।