३४ निर्वाचन क्षेत्रको नतिजाः कहाँ कसको जीत ?


शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

फागुन २३,  शनिबार 
पोखरा – प्रतिनिधिसभा चुनावको प्रत्यक्षतर्फ १६५ मध्ये १६१ क्षेत्रमा मतगणना भइरहेको छ । यसमध्ये ३४ वटा निर्वाचन क्षेत्रको अन्तिम नतिजा सार्वजनिक भएको छ । निर्वाचन आयोगको पछिल्लो विवरण अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा२५ क्षेत्रमा विजयी भएको छ । नेपाली कांग्रेसले ५, नेपाली कम्युनिष्ट पार्टी ९नेकपा०ले २ र एमालेले १ तथा स्वतन्त्र उम्मेदवारले १ क्षेत्रमा जित हासिल गरेका छन् । मतगणना भैरहेका ठाउँमा रास्वपाकै उम्मेदवाहरु अगाडि छन् । रास्वपा ९३, कांग्रेस १०, एमाले १०, नेकपा ११, श्रम संस्कृति पार्टी ५ र राप्रपा १ क्षेत्रमा अगाडि छन् ।

रास्वपा
१। बुद्धिप्रसाद पन्त – पर्सा १ बाट २७ हजार २७४ मत ल्याएर विजयी हुँदा एमालेका प्रदिप यादवले १३ हजार ३० मत ल्याउनुभयो ।

२। सागर भुसाल – पर्वतबाट २६ हजार ५६१ मत ल्याएर विजयी हुनुभएको छ । कांग्रेसका अर्जुनप्रसाद जोशीको १५ हजार ९५४ र एमालेका पदम गिरीको १५ हजार ७५ मत आएको छ ।

३। अरबिन्द साह – बारा ३ बाट ४० हजार ६९७ मत ल्याएर विजयी हुँदा कांग्रेसका फरमुल्लाह मंसुरले १० हजार ५२ मत ल्याउनुभयो र

४। रवि लामिछाने – चितवन क्षेत्र नम्बर २ बाट तेस्रोपटक विजयी हुनुभएको छ । लामिछानेले ५४ हजार ४०२ मत ल्याएर विजयी हुनुभएको हो । उहाँका निकटतम् प्रतिष्पर्धी नेपाली कांग्रेसकी मिना खरेलले १४ हजार ५६४ र एमालेका अस्मिन घिमिरेले ६ हजार ९९२ मत ल्याउनुभयो । 

५। रुकेश रन्जित – भक्तपुर १ बाट ३३ हजार ४३६ मत ल्याएर विजयी हुँदा नेपाल मजदुर किसान पार्टीका प्रेम सुवालले २८ हजार १४७ मत ल्याउनुभयो ।

६। सुनिल केसी – काठमाण्डौ २ बाट ३४ हजार २३८ मत ल्याएर विजयी हुनुभएको छ । उहाँका प्रतिष्पर्धी कांग्रेसका कविर शर्माले ८ हजार ८७४ मत ल्याउनुभयो ।

७। प्रमोद कुमार महतो – महोत्तरी १ बाट ३४ हजार ६३६ मत ल्याएर विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिष्पर्धी नेकपाका गिरिराजमणि पोखरेलले १२ हजार ६२४ मत ल्याउनुभयो ।

८। धनञ्जय रेग्मी – स्याङ्जा १ बाट २९ हजार ७१ मत ल्याएर विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिष्पर्धी नेपाली कांग्रेसका भरतराज ढकालले १८ हजार ८५७ मत ल्याउनुभयो ।

९। सुरेशकुमार चौधरी – बाँके १ बाट ५२ हजार ७९२ मत ल्याएर विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिष्पर्धी नेपाली कांग्रेसका नारायणप्रसाद गौडेलले १५ हजार ३०१ मत ल्याउनुभयो ।

१०। खगेन्द्र सुनार – बाँके ३ बाट २९ हजार ५५१ मत ल्याएर विजयी हुनुभएको छ । उहाँका निकटमत प्रतिष्पर्धी एमालेका सुमन मल्लले १९ हजार ६१५ मत ल्याउनुभयो ।

११। कन्हैया बनिया– रुपन्देही ४ बाट २८ हजार ६६ मत ल्याएर विजयी हुनुभएको छ । प्रतिष्पर्धी एमालेका प्रमोदकुमार यादवको २० हजार २६२ मत आएको छ ।

१२। रुविना आचार्य– मोरङ ६ मा विजयी हुँदा कांग्रेसका डा। शेखर कोइराला पराजित हुनुभएको छ । आचार्यले ५५ हजार ५१३ मत ल्याउँदा कोइरालाले १२ हजार ८५० मतमात्रै ल्याउनुभएको छ ।

१३। डीपी अर्याल– काठमाण्डौ ९ मा ३५ हजार ९३ मत ल्याएर विजयी हुनुभएको छ । कांग्रेसकी नानुमाया बास्तोलाले ५ हजार ४६० मत ल्याउनुभयो ।

१४। मनिष झा– धनुषा ३ मा विजयी हुँदा कांग्रेसका विमलेन्द्र निधि पराजित हुनुभएको छ । झाले ४३ हजार १४२ र निधिले १५ हजार ९९२ मत ल्याउनुभयो । 

१५। सन्तोष राजवंशी– मोरङ ४ मा विजयी हुँदा कांग्रेसका गुरुराज घिमिरे पराजित हुनुभयो । राजवंशीले ४० हजार ८३३ मत ल्याउँदा घिमिरेले १२ हजार ८१८ मत ल्याउनुभयो । 

१६। बिना गुरुङ – कास्की ३ मा विजयी हुँदा कांग्रेसका मनोज गुरुङ पराजित हुनभयो । बिनाले ३७ हजार ७५० मत ल्याउँदा मनोजले १२ हजार ७८० मत ल्याउनुभयो ।

१७। प्रदीप बिष्ट – काठमाण्डौ १०मा विजयी हुँदा कांग्रेसका हिमाल कार्की पराजित हुनुभएको छ । बिष्टले ३७ हजार ४६९ र कार्कीले ८ हजार १०० मत ल्याउनुभयो ।

१८। उत्तम प्रसाद पौडेल – कास्की २ मा विजयी हुँदा एमालेका रश्मि आचार्य पराजित हुनुभयो । पौडेलले ३१ हजार ९११ र आचार्यले ७ हजार ४९३ मत ल्याउनुभयो ।

१९। सस्मित पोखरेल – काठमाण्डौ ५ मा विजयी हुँदा कांग्रेसका प्रदीप पौडेल र एमालेका ईश्वर पोखरेल पराजित हुनुभयो । पोखरेलले ३० हजार ७३७ मत ल्याउँदा पौडेलले ९ हजार १५९ र पोखरेलले ४ हजार ७०१ मतल्याउनुभयो ।

२०। पुकार बम – काठमाण्डौ ४ मा विजयी हुँदा कांग्रेसका सचिन तिमल्सिेना र एमालेका राजन भट्टराई पराजित हुनुभयो । पुकारले २९ हजार २४२, सचिनले ८ हजार ८२४ र भट्टराईले ५ हजार ७३३ मत ल्याउनुभयो ।

२१। गणेश पराजुली – काठमाण्डौ ७ मा २७ हजार ८०५ मत ल्याएर विजयी हुनुभएको छ । 

२२। राजुनाथ पाण्डे– काठमाडौ ३ मा विजयी हुँदा उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङ पराजित हुनुभयो । रास्वपाका पाण्डेले १८ हजार ७५७ मत र घिसिङले ११ हजार १७१ मत ल्याउनुभयो ।

२३। विराजभक्त श्रेष्ठ– काठमाण्डौ ८ बाट विजयी हुनुभएको छ । उहाँले २४ हजार ५९२ र उहाँका निकटतम प्रतिस्पर्धी नेपाली कम्युनिष्ट पार्टी ९नेकपा० का सुमन सायमीले ३ हजार २१७ मत ल्याउनुभयो ।

२४। शिशिर खनाल– काठमाण्डौ ६ बाट विजयी हुनुभएको छ । खनालले २७ हजार ७१९ र उहाँका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका कृष्ण बानियाँ क्षेत्रीले ६ हजार ६४७ मत पाउनुभयो ।  

२५। रञ्जु न्यौपाने दर्शना– काठमाण्डौ १ बाट १५ हजार ४ सय ५५ मतसहित विजयी हुनुभयो । उहाँका प्रतिस्पर्धी नेपाली कांग्रेसका प्रबल थापाले ६ हजार ३६४ मत प्राप्त गर्नुभयो ।

कांग्रेस
१। तेह्रथुमबाट कांग्रेसका सन्तोष सुब्बा ११ हजार ५६१ मत ल्याएर विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिष्पर्धी एमालेका भानुभक्त ढकालले १० हजार ६८२ मत ल्याउनुभयो ।

२। दैलेख १ मा बासना थापा १२ हजार ३७२ मत ल्याएर विजयी हुनुभएको छ । निकटम प्रतिष्पर्धी एमालेका रविन्द्रराज शर्माले ११ हजार ७९६ मत ल्याउनुभयो ।

३। रसुवा १ मा मोहन आचार्य १० हजार ६५६ मत ल्याएर विजयी हुनुभएको छ । निकटम प्रतिष्पर्धी रास्वपाका बसन्त भट्टले ५ हजार ५७१ मतल्याउनुभयो ।

४। मुस्ताङबाट योगेश गौचन थकाली ३ हजार ३०७ मत ल्याएर विजयी हुनुभएको छ । प्रतिस्पर्धी एमालेका ईन्द्रधार विष्टले एक हजार ८०३ मत प्राप्त गर्नुभयो ।

५। मनाङबाट टेकबहादुर गुरुङ २ हजार ४१५ मतसहित विजयी हुँदा उहाँका प्रतिस्पर्धी नेकपाकी यशोदा गुरुङ ९सुवेदी०ले ४५४ मत ल्याउनुभयो ।

नेकपा 
१। कालिकोटबाट महेन्द्रबहादुर शाहीले ११ हजार ३३८ मत ल्याएर विजयी हुनुभएको छ । प्रतिष्पर्धी एमालेका नगीन्द्र शाहीले १० हजार ३५२ मत ल्याउनुभयो ।

२। रुकुमपूर्वबाट नेपाली कम्युनिष्ट पार्टी ९नेकपा०का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ विजयी हुनुभएको छ । उहाँले १० हजार २४० र एमालेका लीलामणि गौतमले ३ हजार ४६२ मत प्राप्त गर्नुभयो ।

एमाले 

१। बाँके २ बाट मोहम्मद इस्तियाक राईले २४ हजार ६४७ मत ल्याएर विजयी हुनुभएको छ । प्रतिष्पर्धी रास्वपाका विवेककुमार श्रेष्ठले १८ हजार ६७९ मत ल्याउनुभयो ।

स्वतन्त्र 

१। म्याग्दीबाट स्वतन्त्र उम्मेदवार महावीर पुन निर्वाचित हुनुभएको छ । उहाँले २२ हजार ८५० मत ल्याएर विजयी हुँदा एमालेका हरिकृष्ण श्रेष्ठले ७ हजार ९१९ मत ल्याउनुभयो ।
 

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई pokharanewsnetwork@gmail.com मा पठाउनु होला । धन्यवाद ।