१६५ क्षेत्रकै मतपरिणाम सार्वजनिक, कसले कति सिट ल्याए ?


शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

फागुन २५,  मंगलबार 
पोखरा– प्रतिनिधिसभा सदस्य चुनावअन्तर्गत प्रत्यक्षतर्फ १६५ क्षेत्रकै मतपरिणाम सार्वजनिक भएको छ । मतपरिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० ले सबैभन्दा धेरै १२५ सिट जितेको छ । यस्तै नेपाली कांग्रेसले १८, नेकपा एमालेले ९, नेपाली कम्युनिस्ट पार्टी नेकपाले ८, श्रम संस्कृति पार्टीले ३ सिट जितेका छन् । यस्तै १ स्वतन्त्र उमेदवार पनि चुनावमा विजयी भएका छन् ।
पछिल्लो पटक सङ्खुवासभाको मतपरिणाम सार्वजनिक हुँदा एमालेका अर्जुनकुमार कार्की विजयी हुनुभएको छ । यस्तै धनुषा क्षेत्र नम्बर १ मा आयोगले नेकपाका मातृकाप्रसाद यादवलाई आयोगले निर्वाचित भएको प्रमाणपत्र दिएको छ । प्रतिनिधिसभा सदस्य चुनावका लागि गएको बिहीवार मतदान भएको थियो । यस्तै अहिले समानुपातिकतर्फको मतगणना भइरहेको छ ।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई pokharanewsnetwork@gmail.com मा पठाउनु होला । धन्यवाद ।