१३ गते बालेनको नेतृत्वमा नयाँ सरकार बन्ने


शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

चैत ५,  शुक्रबार 
पोखरा – आउँदो १३ गते शुक्रवार राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाको नेतृत्वमा नयाँ सरकार गठन हुने भएको छ । हिजो बेलुकी बसेको रास्वपाका शीर्ष नेताहरूको बैठकले पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह बालेनले १३ गते शपथ लिने तय गरेको हो ।
फागुन २१ गते भएको प्रतिनिधिसभा सदस्य चुनावमा रास्वपाले १८२ सिटमा जित हात पार्दै बहुमत प्राप्त गरेको छ । रास्वपाले चुनावअघि नै बालेन्द्र शाहलाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरेको थियो । रास्वपाले शाहकै नेतृत्वमा सरकार गठनको तयारी गरेको हो । सङ्घीय संसद् सचिवालयले १२ गते सांसदहरूको शपथ ग्रहण कार्यक्रम राखेको छ । त्यसलगत्तै रास्वपा केन्द्रीय समितिको बैठक बसेर बालेनलाई संसदीय दलको नेता चुन्ने तयारी छ ।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई pokharanewsnetwork@gmail.com मा पठाउनु होला । धन्यवाद ।